युवा अधिकार तथा दायित्व विषयक कार्यशाला सम्पन्न

विराटनगर ३१ साउन । लायन्स क्लब अफ विराटनगर मेट्रोले विश्व यूवा दिवसको अवसरमा युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ सीका डिष्ट्रिक गभर्नर बिजयहरि शर्माले युवा अवस्था भनेको करियर सग सगै सामाजिक कार्य लाई समेत अघि बढाएर समाजमा स्थापित हुने समय भएकाले युवाले सबै बिषयमा चिन्तन गरेर अघि बढ्नु पर्ने र युवा दिवसमा समेत युवाका अवस्थाका बारेमा कुरा गर्दै भबिष्यका लागि आधार तयार गर्दै अघि बढ्ने तर्फ केन्द्रीत हुनु पर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा विराटनगर मेट्रोका सचिव निराकार पोखरेलले युवा अधिकारका बारेमा र अशोक शिवाकोटीले युवा बिचमा हुनु पर्ने संचारका बारेमा सहजीकरण गर्नु भएको थियो ।

सस्थापक अध्यक्ष तथा युवाको क्षेत्रमा बिगत २ दशक देखि अनवरत रुपमा कार्य गरि रहेका युवा अभियान्ता कैलाश खाकी श्रेष्ठले युवाका दायित्वका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा सहभागी जीवन यादबले गोष्ठिमा युवाका सवालमा धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताउनुभयो । लता गुरुङले आफ्नो पहिलो कार्यक्रम भए पनि जीवनमा आइ पर्ने युवाका बिषयका बारेमा जानकारी प्राप्त भएको बताउनुभयो ।

जेनिथ कलेज विराटनगरमा आयोजित गोष्ठी क्लबका प्रथम अध्यक्ष नरेशकुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो । गोष्ठिमा विराटनगरका ६० भन्दा बढी युवाको सहभागिता रहेको थियो ।