विराटनगर, १ वैशाख । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार विहान हेमोडायलाइसिस सेवा सुरू गरेको हो ।
उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरि सेवा सुरू गरिएको अस्पतालले जनाएको छ ।
हेमोडायलाइसिस युनिटमा भेन्टिलेटरसहितको आइसियू सेवा पनि रहेको छ । ६ शैय्याको हेमोडायलाइसिस सेवाको उद्घाटन न्यूरो अस्पतालका अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट, वरिष्ठ इन्टरभेन्सल काडियोलाजिष्ट डा. निकेशराज श्रेष्ठ र हेमोडायलाइसिस युनिटका प्रमुख वरिष्ठ फिजिसियन डा. केशर बहादुर गुरूङले संयुक्त रिविन काटेर शुभराम्भ गर्नुभयो । न्यूरोले संचालनमा ल्याएको हेमोडायलाइसिस सेवा सुविधा सम्पन्न रहेको छ ।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा. विष्टले न्युरोले हेमोडायलाइसिस सेवा सुरू गरेपछि विरामीलाई सेवा प्रभाहमा सहज हुने बताउनुभयो । अस्पताललका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हेमोडायलाइसिस सेवा नहुदा विरामीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोका, हस्पिटल डाइरेक्टर ई. रन्जित राज बस्नेत, वरिष्ठ विशेषज्ञ चिकित्सकहरू, मेट्रोन इन्चार्ज र हस्पिटलकका कर्मचारीहरूको उपस्थित रहेको थियो ।