पाकिस्तानमा छोरा जन्माउने आशमा गर्भवती महिलाको टाउकोमा २ इन्च लामो किला ठोकिए

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन् । धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ ।

पाकिस्तानमा छोरा जन्माउने आशमा गर्भवती महिलाको टाउकोमा २ इन्च लामो किला ठोकिए छ। पाकिस्ताको पेशावर शहरमा रहेको लेडी रिडिङ अस्पतालमा एक महिला उपचारका लागि भर्ना भइन्। उनको टाउकोमा २ इन्च लामो किला गाडिएको थियो।

डेली मेलमा प्रकाशित समाचार अनुसार सुरुमा उनले अस्पतालका कर्मचारीसँग दुर्घटनावस किला गाडिएको बताएकी थिइन्। पछि उनले एक धार्मिक उपचारकको सल्लाहमा छोरा जन्मने विश्वासका कारण आफैं किला ठोक्न लगाएको स्वीकारिन्।

उनका दुई जना छोरी भइसकेका थिए। गर्भ परीक्षण गर्दा डाक्टरले तेस्रो बच्चा पनि छोरी जन्मने बताएका थिए। उक्त जानकारी पछि उनका श्रीमानले छोरी जन्माए डिभोर्स दिने चेतावनी दिएका थिए।

त्यसबाट डराएकी ती महिलाले छोरा जन्मने विश्वासमा टाउकोमा किला ठोक्न लगाएको समाचारमा उल्लेख छ। सुरुमा आफैँले किला निकाल्न प्रयास गरेर नसकेपछि मात्रै महिला अस्पताल आएको उक्त अस्पतालका डाक्टर हैदर खानले जानकारी दिएका छन्।

उक्त किला हम्बर वा कुनै गह्रो वस्तुले ठोकेर टाउकोमा लगाडेको देखिएको डाक्टर खानले बताएका छन्।

एजेन्सी