विराटनगर, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तनमा आफ्नो निरन्तर प्रयास रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टीका साथीहरुको साथ र सङख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनमा सार्थक प्रयास हुने स्पष्ट पार्नु भयो ।
महामन्त्री थापाले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टी भित्र पटक पटक प्रयोग हुनुका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त्त गर्नु भयो । उहाँले देशको आवश्यक्त्ता अनुसार आजको दिनमा आफू दलको नेता भएमा संसदीय दललाई राम्रोसँग सञ्चालन गर्ने दावी समेत गर्नु भयो ।
महामन्त्री थापाले कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतबाट आउने निर्णयलाई पार्टीले स्विकार गर्ने बताउनु भयो । उहाँले केन्द्रीय समितिको वैठक नवसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको बताउँदै यसले राष्ट्रिय राजनीतिका थुप्रे विषयहरु प्रभावित पारेको धारणा राख्नु भयो ।
महामन्त्री थापाले केन्द्रीय समितिको बैठक असार २ गते बस्ने र वैठकले पार्टीको कार्य योजना, कार्य तालीका र पार्टीलाई विधि सम्वत ढङ्गले सञ्चालन गर्नुका साथै अनुशासित बनाउने र आगामी एक वर्षको वैठक वस्ने मिति समेत तोक्ने जानकारी दिनु भयो । उहाँले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नु साथै नीति अधिवेशनले निर्वाचनमा आगाडि राजनीतिक दलहरुवीच गठबन्धन गर्ने रानीतिक संस्कृतिको अन्त्य गर्नुका साथै नयाँ वाटो खोज्ने बताउनु भयो ।
महामन्त्री थापाले वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने बताउँदै सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।