
विराटनगर ,२२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनु भयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुखले सरकार निर्माणको क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुने सक्ने आशंका व्यक्त्त गर्नु भयो ।
नेता डा. कोइरालाले सरकार निर्माणको क्रममा संसदीय व्यवस्थामा गणित खेल हुने बताउँदै यस्ता उतार चडावलाई झल्दै संसदीय परम्परा र संविधानमा भएका कररालाई टेकेर अगाडि वढ्दै जानुपर्नेमा जोड दिनु भयो । उहाँले नेकां लोकतान्त्रिक परिपाटी, ससंदीय अभ्यास र संविधानलाई टेकेर अगाडि वढ्नु पर्छ भन्ने मान्यता राख्ने पार्टी भएको बताउनु भयो ।
नेता डा कोइरालाले भन्नु भयो ‘कोशी प्रदेश निर्माणका विषयमा प्रतिपक्ष दल नेकपा एमालेमा सर्वोच्च अदालतमा जान सक्ने कुरा औल्याउँदै र अदालतको निर्णय हामी सबैले स्विकार गर्नुपर्छ ’।
उहाँले दण्डहिनताको अन्त्य र भ्रष्टचार मुक्त समाजले मुलुकलाई समृद्धितर्फ डोर्याउने र लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नु भयो ।
एक प्रश्नको जवाफमा नेता डा कोइरालाले वर्तमान गठबन्धन सरकारलाई अगाडि वढाउनुका साथै बलिया बनाउनु पर्छ र अन्य गठजोडतर्फ सोच्नु हुदैन भन्नु भयो । उहाँले नेकां महामन्त्रीद्वारा काठमाण्डौ आयोजित जिल्ला सभापतिहरुको भेला सही निर्णय भएको र यसले पार्टीलाई वलियो बनाउने धारणा राख्नु भयो ।