अवैध भारतीय रूपैयाँसहित विराटनगरबाट चार जना पक्राउ

विराटनगर, ३० चैत । अवैध भारतीय रूपैयाँ (भारु)सहित चार जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना नेपाली नागरिक छन् ।

स्रोत नखुलेको भारती नोटसहित भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय विष्णुदेव मुखिया तथा सुनसरीको बर्जु गाउँपालिका–१ का ३८ वार्षीय सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले चारै जनालाई विराटनगर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।