विराटनगर, ११ असार । कोशी प्रदेस संसदीय पत्रकार मञ्चको नयाँ कार्यसमितिले आईतबार पदभार ग्रहण गरेको छ । असार २ गते भएको निर्वाचनले कुमार लुईटेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । विराटनगर स्थित प्रदेश सभा भवनमा आयोजित एक कार्यक्रममा नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष गणेश लम्सालले पद हस्तान्तरण गर्नुका साथै माइन्युट हस्तान्तरण गरेका छन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोकुल पराजुली, समावेशी उपाध्यक्षमा तारा आचार्य, सचिवमा सुमन सुस्केरा, सहसचिवमा बिनु तिम्सिना, कोषाध्यक्षमा ध्रुव भट्टराई, सदस्यहरुमा चिना थापा, राजु पौडेल, कृष्ण बहाव, सुजाता लिम्बु र उत्तम पोखरेल रहेका छन । प्रदेश सभा सुरु भएपछि संसदमा रिपोर्टीङ गर्ने प्रकारहरुको समुहले ४ बर्ष अगाडी गठन गरेको सो मंचमा २८ जना सदस्य रहेका छन् ।