विराटनगर ७ असार । मोरङको ग्रामथान ४ का सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी सम्मानित भएका छन् ।
वडा कार्यालयको सहयोगमा स्वास्थ्य चौकी मोतिपुरले कार्यरत ९ जना र अवकास प्राप्त २ जना गरि ११ महिला स्वास्थ्य स्वयंसेविका र ७ जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीलाई सम्मानित गरेको हो । सम्मानित महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १–१ थान पानी फिल्टर पनि वितरण गरिएको थियो ।
सम्मान कार्यक्रममा कोशी प्रदेशसभा सदस्य ललिता चौधरी, ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी, वडा नं. ४ का वडाध्यक्ष बद्रीनारायण माझी लगायतको कार्यक्रममा सहभागिता रहेको स्वास्थ्य चौकी मोतिपुरका प्रमुख सन्तोष गौतमले जानकारी दिनुभयो ।