विराटनगर २५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीमा नामकरण विरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने बताउनुभएको छ । नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था आएको बताउनुभयो ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाउनुभयो । ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ । नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उहाँले भन्नुभयो । एमाले चुप लागेर बस्न नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ भन्नुभयो ।
गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले ।’ कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताउनु भएको छ । कोशीमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेविरुद्ध पहिचानको नाममा मान्छे भड्काइरहेको ओलीले आरोप लगाउनुभयो ।