
विराटनगर २५ जेठ । कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत पहिचानवादीहरुले आज कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार र एमाले संसदीय दलका उपनेता माथि आक्रमणको प्रयास गरेका छन् । उपसभामुख दनुबारलाई उदयपुरको गाईघाट बजारमा आक्रमणको प्रयास गरेका हुन् ।
पहिचानवादीहरुले उनी चढेको गाडीको झण्डा निकालिदिएका थिए । एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरमाथि पहिचान पक्षधरले इलाममा आक्रमणको प्रयास गरेका हुन् ।
नामकरणमा असन्तुष्टि राख्दै आएको पक्षसँग वार्ता गर्न प्रदेश सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।