कोशी प्रदेश नामाकरणसँग असन्तुष्ट समूहसँग संवाद गर्न वार्ता टोली गठन

विराटनगर २४ जेठ । कोशी प्रदेश सरकारले प्रदेश नामाकरणसँग असन्तुष्ट समूहसँग संवाद गर्न वार्ता टोली गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिंचाइमन्त्री तिलकुमार मेयाङवोको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका लागि गठन गरिएको तीन सदस्यीय टोलीमा कृषिमन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता भक्ति सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी सदस्य रहनुभएको छ । केहिदिन अघि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरु आन्दोलित भएका छन् ।