विराटनगर २३ जेठ । हुलाक सेवाले समय अनुसार आफ्नो सेवामा परिर्वतन गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् ।
मंगलबार विराटनगरमा हुलाक सेवा विभागले मोरङ विराटनगरले आयोजना गरेको द्रुत डाँक सेवा विस्तार र प्रर्बधन सम्बन्धी सरोकारवाहरुसंगको अन्तक्रिया कायक्रमका सहभागिहरुले हुलाक सेवाले निजी कम्पनीहरुले जस्तो छिटो र छरितो सेवा प्रदान गर्न नसकेको आरोप लगाएका छन् । उनीहरुले नेपालमा हुलाक सेवा लामो समयदेखि संचालित छ तर सेवाग्राहीहरुको मन जित्न नसकेको भन्दै शुल्क बृद्धि गरेर भए पनि छिटो सेवा प्रदान गर्न आग्रह समेत गरेका छन् । उनिहरुले ७७ जिल्ला र स्थानिय तहहरुमा हुलाकी सेवा संचालनमा गर्न सकेमात्र प्रभावकारी हुने धारणा रखेका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यले हुलाक सेवाले हामी छौ भनेर देखाउन नसकेको र सोकारवालाहरुले नखोजेको अवस्था रहेको बताउनुभयो । उहाँले पहिलेको तुलनामा हुलाक सेवाले धेरै काम गरेको र निजी क्षेत्रको तुलनामा न्युन शुल्कमा काम गरेर सेवा प्रदान गरेको जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा आएर निजी क्षेत्र संगको सहकार्यमा सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
निर्देशक आचार्यले द्रुत डाँक सेवा स्वदेश तथा विदेशमा संचालित रहेको जानकारी दिदै हुलाक सेवा बाट पनि एकै दिनमा डेलिभरी गर्न सक्ने व्यवस्थाको विकास भएको बताउनुभयो । उहाँले सो कार्यक्रमलाई सम्बोधन गर्दै २९ देशका ३४ वटा गन्तव्यमा हुलाक सेवा संचालनमा रहेको बताउनुभयो ।
निर्देशक आचार्यले हुलाक सेवाले सेवाग्राहीको अपेक्षा अनुसार काम गर्न सके हुलाक सेवाको सुधार हुने बताउनुभयो । उहाँले एक पालिका एक हुलाक सेवा हुनुपर्ने बताउनुभयो । सो कार्यक्रममा अदालतका प्रतिनिधीहरु, निजी तथा सरकारी बैकका प्रतिनिधीहरु, अस्पतालका प्रतिनिधी ,झापा मोरङ, सुनसरीका हुलाक विभगका प्रतिनिधीहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।