विराटनगर, ३० चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका अधिकाँस वडाका वडाध्यक्षहरुको नाम टुङ्गो लगाउने कार्यलाई अन्तिम चरणमा पुर्याइएको बताइएको छ ।
महानगर भित्रको तीन वटा वडाको वडाध्यक्ष सर्वसम्मत रुपमा छनौट गरेको एमालले बाँकी १६ वटा वडाको नाम पनि केही दिन भित्र नै टुङ्गिने जनाइएको छ ।
जसमा वडा नं १ मा काजी बस्नेत र दिनकर मण्डलमध्ये एक जनाले टिकट पाउने प्रवल सम्भावाना रहेको छ । बस्नेतले गत २०७४ सालको स्थानीय निर्वाचनमा समेत एमालेबाट वडाध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए । त्यसैले अहिले पनि दुई जनामा बस्नेतको सम्भावना बढी रहेको बताइन्छ । यस अघि वडातहबाट भने सो वडाबाट पाँच जनाको नाम सिफारिस भएको छ ।
त्यसैगरी वडा २ बाट तीन जनाको नाम तल्लो तहबाट सिफारिस भएर आएको भएपनि कुमार पोखरेल र विनोद विक्रम साह मध्ये एक जनाले टिकट पाउने बलियो सम्भावाना रहेको छ । पोखरेल बहालवाला वडाध्यक्ष समेत रहेकाले सो वडाबाट पोखरेलकै सम्भावना बढी रहेको बताइन्छ ।
वडा नं ३ मा बासु बस्नेतको लगभग निश्चित जस्तै देखिएको छ । उक्त वडाबाट यस अघि चार जनाको नाम सिफारिस भएर आएको थियो । वडा नं ४ बाट जितेन थापा र तुलसी भट्टराईको सम्भावाना रहेको छ । युवा समुदाय र जनस्तरमा लोकप्रियता जितेनको रहेकाले सो वडाबाट जितेन थापाको बढी सम्भावना रहेको नेताहरु बताउँछन् । त्यस्तै वडा नं ५ मा मीनकुमार आचार्य र शिव थापा मध्ये एक जनाको सम्भावना रहेको छ । नेपाली काँग्रेसको बर्चस्व रहेको यस वडामा गत निर्वाचनमा मीनकुमार आाचर्यले जित हासिल गरेका थिए ।
वडा नं ६ मा दाबेदार धेरै देखिएका कारण अहिले नै कसले पाउने भन्ने एकिन भइसकेको छैन । यस वडामा पार्टी केन्द्रीय सदस्य विनोद ढकालले चाहेको व्यक्तिले टिकट पाउने निश्चित छ । वडा नं ८ मा राम पोखरेलको लगभग निश्चित जस्तै छ । स्थानीय वडाको सक्रिय युवा कार्यकर्ता भएकाले पनि पोखरेलको सम्भावना बढी रहेको हो । वडा नं ९ मा दिलिप तामाङको बढी सम्भावना रहेको बताइन्छ । उक्त वडाबाट आठ जनाको नाम सिफारिस भएर आएको छ । वडा नं १० बाट अर्जुन गिरी र वडा नं ११ तिर्थेन्द्र न्यौपानेको नाम सर्वसम्मत रुपमा सिफारिस भइसकेको छ ।
वडा नं १२ बाट भोला बराल र राधेश्याम कट्टेल मध्ये एक जनाले टिकट पाउने सम्भावना रहेको छ । जसमा बरालले गत २०७४ सालको निर्वाचनमा पनि एमालेबाट सोही वडाबाट वडाध्यक्ष पदमा उम्मेद्वार बनेका थिए । वडा नं १३ बाट तीर्थ घिमिरे, किशोर पोखरेल र रामचन्द महतो मध्ये एक जनाले वडाध्यक्षमा टिकट पाउने सम्भावना रहेको छ । उक्त वडाबाट यस अघि १५ जनाको नाम सिफारिस भएका थियो । वडा नं १४ मा सुर्य नारायण महतो र सुनिता गिरीको नाम सिफारिस भएपनि उक्त वडाबाट सुर्य नारायण महतोले टिकट पाउने बढी सम्भावना रहेको छ । वडा नं १५ बाट उमेश गुरुङ, कुन्दन मण्डल र मनोज खडका मध्ये एक जनाले वडाध्यक्षमा टिकट पाउने सम्भावाना रहेको छ । सो वडाबाट यस अघि चार जनाको नाम सिफारिस भएर आएको छ ।
वडा नं १६ बाट कुमार महर्जन र धनकुमार तामाङको बढी सम्भावाना रहेको छ भने वडा नं १७ बाट हमिद अजाद तथा वडा नं १८ बाट जितेन्द्र कामत र प्रशुराम ठाकुरको सम्भावाना बढी रहेको बताइन्छ । यस अघि वडा नं १६ बाट चार जना वडा नं १७ वाट दुई जना र वडा नं १८ वाट तीन जनाको नाम सिफारिस भएको थियो । वडा नं १९ वटा यस अघि नै श्याम घिमिरेको नाम सर्वसम्मवत रुपमा सिफारिस भएर आइसकेको छ ।
आगामी वैशाख ७ गतेभित्रमा मोरङका १५९ वटै वडा र १७ वटै हका प्रमख र उपप्रमुखका उम्मेदवार सार्वजनिक गर्नेगरि उम्मेदवारको टुङ्गो लगाउँदै गईरहेको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो । उहाँले स्थानीय तहको उम्मेदवारको छनौट स्थानीय स्तरबाटै गर्नका लागि पनि पालिका कमिटीहरुलाई भनिएको उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलले भन्नुभयो,‘ जिल्ला कमिटीले यसमा हस्तक्षेप गर्ने छैन ।’