चिकित्सकको निर्देशन अनुसार एन्टिबायोटिक औषधि प्रयोग गर्नु सरोकारवालाको सुझाव

विराटनगर, २२ जेठ । एन्टिवायोटिक औषधिको प्रयोग चिकित्सकको निर्देशन अनुसार गर्नुपर्ने विराटनगरमा सुझाव सहभागीहरुले दिएको छन् ।

स्वास्थ्य तथा तथा जनसङख्या मन्त्रालय एवं स्वास्थ्य पत्रकार समूहद्वारा सोमबार विराटनगरमा आयोजित एन्टि माइक्रोबियल रेसिस्टेन्स(एएमआर) विषयक सञ्चारकर्मीसँगको अन्तरक्रियामा सहभागीहरुले एन्टिवायोटिक औषधि अत्याधिक प्रयोगले ब्याक्टेरिया र सङ्क्रमणको उपचारका लागि बनाइएका औषधिलाई पराजित गर्दे जीवाणुहरू बलियो भई प्रतिरोधी क्षमता वृद्धि भई एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् एन्टिबायोटिक प्रभावहीन बन्दै गएको विचार राखेका छन् । उहाँहरुले स्वास्थ्यकर्मीहरुको सल्लाहमा एन्टिबायोटिक औषधिको मात्रा पुरा गर्नुपर्नेमा जोड दिँदै अन्यथा आगामी दिनमा औषधिले कुनै काम नगर्ने विचार राख्नु भयो ।

एन्टिबायोटिक औषधिको गलत प्रयोगका कारण नेपालजस्तो विकासोन्मुख देशहरूमा बढी जोखिममा रहेको सहभागीहरुको भनाइरहेको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिब डा सुधा देवकोटाले एन्टिवायोटिक औषधि चिकित्सकले तोककोे समयसम्म मात्र प्रयोग गर्नुपर्ने जानकारी समाजमा जागृत गराउनु पर्ने आवश्यक्त्ता औल्याउनु भयो । सङ्क्रमणविद् डा सन्तोष दुलालले नेपालमा झन्डै ५० प्रतिशत एन्टिबायोटिक औषधिको प्रयोग भइरहेको जानकारी दिनु भयो । उहाँले सामान्य रुघाखोकी लाग्दा एन्टिबायोटिक प्रयोगले यो प्रभावहीन बन्न पुगिरहेको बताउनु भयो ।

स्वास्थ्य पत्रकार समूह उपाध्यक्ष अर्जुन अधिकारीले चिकित्सक पूर्जा बिना जथाभावी औषधि सेवन गर्दा एन्टिबायोटिक प्रभाव घट्नै गएको धारणा राख्नु भयो । एक दिने उक्त कार्यशाला गोष्ठीमा मोरङ जिल्लामा क्रियाशिल ४० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।