
विराटनगर २१ जेठ । प्रदेश स्काउट कार्यालय कोशी प्रदेशले कोशी प्रदेश स्काउट संरक्षक र प्रदेश प्रमुख स्काउटको पद तथा गोपनियताको सपथ ग्रहण र दीक्षान्त कार्यक्रम गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्की र सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट बुद्धिकुमार राजभण्डारीको शनिबार पद तथा गोपनियताको सपथग्रहण एवं दिक्षान्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले मुख्यमन्त्री र सामाजिक बिकास मन्त्रीलाई स्काउटको प्रदेश संरक्षक र प्रमुख स्काउटको हैसियतमा सपथग्रहण एवं दिक्षान्त गराउनु भएको हो ।
नेपाल स्काउट, कोशी प्रदेश तदर्थ समिति संयोजक रवि खनालको अध्यक्षता भएको कार्यक्रममा नेपाल स्काउट, राष्ट्रिय प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराई, राष्ट्रिय प्रशिक्षक, प्रदेश तदर्थ समिति सदस्यहरु, सहायक राष्ट्रिय प्रशिक्षक, स्काउट लिडरहरु र रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो ।