आठ महिनामा १.७ प्रतिशतले घट्यो रेमिटेन्स

विराटनगर, २९ चैत । चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.९ प्रतिशतले घटेको मंगलबार राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १७ हजर २६२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।