सुनसरीको गढी २ बालविवाह मुक्त वडा घोषणा

विराटनगर १३ जेठ । सुनसरीको गढी गाउँपालिकाको वडा नंं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीलाई बालविवाह मुक्त वडा घोषणा गर्नु भएको थियो ।
प्रतिनिधिसभा सदस्य चौधरीले कानुनी रुपमा बालविवाह अपराध भएको बताउनुभयो ।

बालबालिकालाई सानैमा विवाह गरिदिने भन्दा पनि उनीहरुको सर्वाङ्गीण विकासका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । गढी गाउँपालिकाकोसँगको समन्वयमा प्लान इन्टरनेशनल नेपाल र साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले विगत लामोसमयदेखि गढी गाउँपालिकामा बालबालिकाका क्षेत्रमा विभिन्न कार्यक्रहरु संचालन गर्दै आइरहेको कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताउनुभयो । बालविवाह मुक्त अभियानका लागि १० वर्षदेखि गढी गाउँपालिकाकामा बालबालिकालागि विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमममा गढी २ का सामुदायिक तथा निजी विधालयका सबै बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रममा थारु, उराँव र नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । कोशी प्रदेश सरकारले सन् २०२५ सम्मका बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्य लिएको छ । प्रदेश सरकारको लक्ष्यलाई कोकनले साथ दिईरहेको अध्यक्ष मञ्जिता उपाध्यायले बताउनुभयो । कोकनले परियोजना सञ्चालन गरेका क्षेत्रमा बालविवाह विरुद्धको सचेतना अभियान जारी रहेको उहाँले बताउनुभयो । गढीमा बालविवाह नियन्त्रणका लागि लामो समयदेखि कोकनले नीति निर्माणमा पनि सहजीकरण गर्दै आएको उहाँले बताउनुभयो ।