अमेरिकी साम्राज्यवाद विरुद्ध राष्ट्रिय जनमोर्चाको मेची महाकाली अभियान

विराटनगर ९ जेठ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवाद विरुद्ध मेची– महाकाली अभियान शुरुवात गरेको छ । जेठ १ गते देखि शुरु भएको अभियान अन्र्तगत आज विराटनगरमा पत्रकार सम्मेलन गरि अभियानबारे जानकारी गराईएको छ ।

नेपालमा दिनप्रतिदिन अमेरिकी साम्राज्यवादको प्रभाव र प्रभुत्व बढ्दै गएको भन्दै राष्ट्रिय जनमोर्चा यस विरुद्ध मेची–महाकाली अभियान शुरु गरेको केन्द्रीय सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशभर सञ्चालित अभियान जेठ १५ गते बुटबल र काठमाण्डौंमा समापन गरिने छ ।