पेसागत महासंघद्धारा मिल्स माविलाई खेल सामग्री हस्तान्तरण

विराटनगर ५ जेठ । पेसागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा पेसागत महासंघ मोरङ र विराटनगर महानगर समितिले मिल्स मावि विराटनगरलाई खेलकुदको सामग्री हस्तान्तरण गरेको छ ।

ट्रेड यूनियन आन्दोलनको भूमि रहेको विराटनगर रानी स्थित मिल्स माबिलाई १५ हजार बराबरको खेल सामाग्री हस्तानान्तरण गरिएको हो ।

पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको खेल सामग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय समिती सदस्य मेघनाथ घिमिरे, कोशी प्रदेश अध्यक्ष अशेष लम्साल, सचिव डिल्ली धिमाल, मोरङ ईन्चार्ज शुसिल पराजुली लगायत मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिका सदस्यहरुको सहभागिता रहेको मोरङ सचिव सालिगराम कोईरालाले जानकारी दिनुभयो ।