काठमाण्डौ, २८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नरलाई कानुनअनुसार नै छानबिनको दायरामा ल्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएका मन्त्री शर्माले भर्नरमाथि राष्ट्र बैंकको ऐनअनुसार नै छानबिन गर्न लागिएको हो बताउनुभयो ।
गभर्नरमाथि छानबिन गर्न समिति गठन गरिएकाले त्यसको प्रतिवेदनले सबै प्रश्नको जवाफ दिने उहाँले बताउनुभयो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न मन्त्रिपरिषद्ले समिति गठन गरेपछि उहाँ निलम्बनमा पर्नुभएको छ ।
अर्थमन्त्री शर्माले अर्थतन्त्रमा संकट आउन नदिन विभिन्न उपाय अवलम्बन गरिएको बताउनुभयो ।