विराटनगर ३ जेठ । कोशी प्रदेश सरकारले एसिड ओखलढुङ्गाकी एक बालिकालाई उपचार खर्च दिएको छ । ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका ६ की एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत एक लाख ७५ हजार उपलब्ध गराइएको बताईएको छ । पीडित बालिकाको किर्तिपुर बर्त हस्पिटलमा उपचार भइरहेको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ मा उल्लेख भए बमोजिम आर्थिक रुपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत एक करोड ५० लाख थप बजेटका लागि स्विकृती प्रदान गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीले बताउनुभयो ।