विराटनगर १ जेठ । कोशी प्रदेश सरकारले भारत पूर्णीयाका पत्रकारलाई विराटनगरमा स्वागत गरेको छ । प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. संजीवकुमार राईले आज ४० जना भारतीय पत्रकारलाई स्वागत तथा सम्मान गर्नुभएको हो ।
भारतको विहार राज्य स्थित प्रेस क्लब पूर्णियाको ४० जनाको पत्रकारहरुको टोली नेपाल घुम्न विराटनगर आइपुगेका छन् । पत्रकारको टोलीलार्य पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राई, पर्यटन व्यवसायी भविष श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे र नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजीव खनालले भारतीय पत्रकारको टोलीलाई विराटनगरमा स्वागत र सम्मान गरेको हो ।
प्रेस क्लब पुर्णियाका अध्यक्ष नन्दकिशोर सिंहको नेतृत्वमा ४० जना भारतीय पत्रकारको टोली नेपाल घुम्न आएका छन् ।