विराटनगरको प्रमुख प्रशासकीय अधिकृतमा पराजुली, कोइरालाको मुख्यमन्त्री कार्यालय कर्णालीमा सरुवा

विराटनगर २६ वैशाख । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशका सचिव राजेन्द्र पराजुलीको सरुवा भएको छ ।
विराटनगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीमा सरुवा भएको छ ।

त्यसैगरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका ज्ञानेन्द्र प्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह), माधवप्रसाद पोख्रेल र सुरेश न्यौपानेलाई क्रमशः , मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र प्रदेश नीति तथा योजना आयोग कोशीमा सरुवा गरिएको छ ।

नेपाल सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ । अघिल्लो मन्त्रिपरिषद बैठकले नवनियुक्त सहसचिवहरुको पदस्थापनदेखि विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो ।