लुम्बिनी, १४ वैशाख । दुर्लभ पंक्षी सारस क्रेनको प्रमुख बासस्थान मानिएको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीमा यो पक्षीको संरक्षणका लागि एक परियोजना सुरु गरिएको छ । १० दिन सम्म सञ्चालन हुने उक्त परियोजनाको लुम्बिनीमा वुधबार अभिमुखीकरण र कार्यशाला गोष्ठि गरेर आरम्भ गरिएको छ ।
संरक्षित पंक्षी सारसको ग्रेटर लुम्बिनी क्षेत्रमा तथ्यांक यकिन गर्ने, यसको बास स्थानको अवस्था र भोग्दै आएका समस्या तथा चुनौतीको पहिचान गर्ने, प्रजनन् दरको अवस्था पत्ता लगाउने तथा मानवर यो पंक्षी को सम्बन्धको बारेमा वैज्ञानिक जानकारी संकलन गर्ने परियोजनाको उद्देश्य रहेको नेपाल जोलोजिकल सोसाइटीका महासचिव डा. हरि शर्माले बताउनुभयो । स्थानीय मानिसलाई यसबारेमा सचेतना जगाई बासस्थानको संरक्षण गरी सारसलाई पर्यटन प्रवद्र्धनसग जोड्न सकिने उहाको भनाइ थियो ।
नेपाल जोलोजिकल सोसाइटीको आयोजना र प्राणिशास्त्र केन्द्रीय विभाग, विश्व वन्यजन्तु कोष, इन्टरनेशनलक्रेन फाउन्डेशन र नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको सहयोगमा आयोजित उक्त परियोजनाले सारस संरक्षण गरी पर्यापर्यटनमा टेवा पुर्याउने आयोजकले विश्वास लिएका छन् । बुधवार आयोजित कार्यक्रममा लुुम्बिनी प्रदेश पर्यटन वोर्डका कार्यकारी निर्देशक रामु जैशीले दुर्लभ पक्षी सारसलाई पर्यापर्यटनसग जोड्दै वन्यजन्तु र संस्कृति समेतको पर्यटन मोडल बन्न सक्ने धारणा राख्नुभयो । डा. हेम कटुवालले नेपालमा सारसको अवस्था, चुनौतिवारे प्रस्तुतिकरण दिनु भयो भने विश्व वन्यजन्तु कोषका राजेन्द्र सुवालले नेपालमा सारसको अवस्था, विकास र सा“स्कृतिक महत्वका साथै दिगो पर्यापर्यटनको बारेमा जानकारी दिनुभयो ।
ग्रीन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले सारसको महत्व र यसको संरक्षणमा स्थानीयको भूमिकाका बारेमा प्रस्तुतिकरण गर्नुभयो । नेपाल जोलोजिकल सोसाइटीका डा विष्णु भट्टराई र संदीप रेग्मीले सारसको तथ्यांक संकलनमा प्रयोग गरिने प्रविधि र ग्रिडको विषयमा सहभागी तथा अनुसन्धानकर्ताहरुलाई जानकारी दिनुभयो ।
सारस क्रेनको विस्तृत अध्ययनगरिने सो परियोजनामा १८ वटा समूहमा विभक्तभई ४० जना जानकार प्राविधिक तथा विज्ञहरुको सहभागिता रहने सोसाइटीका केशव महतले बताउनुभयो ।