सुनसरीको गढी २ मा अरविन्द चौधरीको चर्चा

विराटनगर, २८ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अहिले उम्मेदवार बन्न नेताहरुवीच तीव्र प्रतिष्पर्धा छ ।
राजनीतिक दलले वडा र पालिका प्रमुख/उपप्रमुखहरु नाम धमाधम सिफारिस गरिरहेका छन् । यसैक्रममा सुनसरीको गढी वडा नम्वर २ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट अरविन्द चौधरीको चर्चा बढेको छ ।

२०५५ सालमा नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति शुरु गरेका चौधरीले सुनसरी बहुमुखी क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको इकाई सदस्य हुँदै २०६२–०६४ सम्म नेविसंघ सुनसरी क्षेत्र नम्वर ३ सचिव, २०६५–०६७ क्षेत्रीय सभापति र २०६८–०७० सम्म जिल्ला कोषाध्यक्ष भईसकेका चौधरी निरन्तर पार्टीमा क्रियाशिल छन् । २०६२ सालमा क्रियाशिल सदस्य बनेका चौधरी पार्टीका हरेक गतिविधिमा अग्रभागमा रहेर कार्यगर्दै आएका छन् ।

परिवर्तनमुखी समाज निर्माण, कोरोनाका समयमा फुडवैंक सञ्चालन गरि विपन्न तथा अशक्तहरुलाई राहत वितरण र हरेक सामाजिक गतिविधिमा सक्रिय र सवैलाई समानव्यवहार गर्ने चौधरी वडाको नेतृत्वमा आउन आवस्यक रहेको स्थानीय एक नेताले बताए । उनले भने,‘ उहाँ वडामा आउनु भनेको वडाको परिवर्तन हुनु हो, यूवाको नेतृत्व स्थापीत हुनु हो ।’ योजनाबद्ध रुपमा काम गर्ने सीप चौधरीमा रहेको उनले भने ।

पार्टीभित्र देशभरी रुपान्तरण र पुस्तान्तरणकोको कुरा चल्दै आएकाले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी स्वभाविक भएको चौधरीले बताए । उनले भने,‘ पार्टीले यसपटकको टिकट वितरणमा न्याय गर्नेमा आशावादी छु ।’