सशस्त्र प्रहरी बल सुनसरीद्धारा श्रोत नखुलेका नेपाली र भारतीय रुपैयाँ सहित २ जना पक्राउ

विराटनगर १२ वैशाख । सशस्त्र प्रहरी बल सुनसरीले श्रोत नखुलेको भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको नेपाली रुपैया र भारतीय रुपैयाँ बरामत गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका ८ स्थित नेपाल–भारत चारकुने नाकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको सुनसरी इटहरी १२ बस्ने १८ बर्षीय सुरेश लिम्बु र इटहरी १२ कै १७ बर्षीय विकास मण्डललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ४ लाख ३४ हजार ७२० नेपाली रुपैयाँ र ५९ हजार ६१० भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिईएको शसस्त्र प्रहरीले जनाएको छ ।

अवैध पैशा र व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल ४ गण हेड क्वाटर सुनसरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमप्रसाद सिग्देलले जानकारी दिनुभयो ।