उपप्रमुख कार्कीलाई कोरोना संक्रमण

विराटनगर ३ वैशाख । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीलाई कोरोना संक्रमण भएको छ ।

आज गरिएको एन्टिजेन परिक्षणका क्रममा उहाँलाई संक्रमण देखिएको हो । उपप्रमुख कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । सचिवालय श्रोतले भन्यो,‘ होम आईसोलेसनमा रहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’

कोरोना संक्रमण देखिएपछि उपप्रमुख कार्कीले आज देखि प्रत्यक्ष भेटघाट तथा सार्वजनिक कार्यक्रम रोक्नु भएको छ । पछिल्लो समय कोशी प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको छ । प्रदेश सरकारले स्वास्थ्य सर्तकता अपनाउन तथा कोरोना संक्रमण नियन्त्रणका लागि कार्य अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिईसकेको छ ।