विराटनगर २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ ।
सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको हो । पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी तत्कालको लागि निलम्बन गरेको हो । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई तत्कालको लागि निलम्बन गरिएको पुष्टि गर्नुभयो ।
समानुपातिक सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो अहिले सामाजिक सञ्जाल तिर भाइरल भएको छ ।