विराटनगर २२ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो ।
वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसीसी नरपथगन्ज बिहारबिचको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एनबीएससीले दिएको १९८ रनको लक्ष्य पछ्याएको वाइआरसिसीले १८.३ बलमा १० विकेट गुमाइ १३५ रनमा सिमित भयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १९७ रनको बनाएका थिए ।
आजै भएको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर विजयी भएको छ । ओसिस क्रिकेट क्लब काठमाण्डौलाई ४३ रनले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भइ सेमिफाइनलमा पुगेको हो ।
विराटनगरले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको काठमाण्डौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १५८ रनमा समित भयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइउँदै २४१ रन बनाएको थियो ।