सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार थापा सम्मानित

विराटनगर २० चैत । सहकारी पत्रकारिता पुरस्कार सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिएको छ ।

६६ औं राष्ट्रिय सहकारी दिवस : मूलसमारोह समितिले सोमबार सुन्दर हरैचाको विराट चौकमा गरेको कार्यक्रममा थापालाई सम्मान गरिएको हो । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नगद ११ हजार १ सय नगद सहित पत्रकार थापालाई सम्मान गरेको हुन ।

५ हजार १ सय रुपैया राशी रहेको पुरस्कार यो बर्ष देखि बढाएर ११ हजार १ सय पुर्याईएको सहकारी दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिनुभयो ।

सहकारी व्यक्तित्व पुरस्कारबाट रंगेली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद मेहेता र केराबारी सामुदायिक सहकारी ंसस्थाकी विन्दा श्रेष्ठ तामाङलाई प्रदान गरिएको छ ।