विराटनगर १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । गएराती अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति शुक्रबारलाई सरेको हो ।
सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई आ–आफ्ना दलबाट सरकारमा सहभागी हुनेहरुको नाम दिने भएका छन् । नाम प्राप्त भएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आज दिउँसो १ बजे हुनसक्ने बुझिएको छ ।
सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्लाएक्लै संवाद गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।