विराटनगर, १० चैत । गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विराटनगरका तीन वटा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुहलाई नेकपा एमाले मोरङले बधाई ज्ञापन गरेको छ ।
आज पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा एमाले मोरङका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, एमाले नेता तथा रंगेली नगरपालिकाका प्रमुख दिलिप वगडिया, अनेरास्ववियुका नेता भास्कर खनाल, अनेरास्ववियु मोरङ अध्यक्ष तुलसी घिमिरे लगायतका नेताहरुले निर्वाचित उम्मेदवारहरुलाई बधाई दिनु भएको थियो ।
कार्यक्रममा विराटनगरको स्नातकोत्तर क्याम्पसको स्ववियु सभापतिमा निर्मल गजुरेल, नर्सिङ क्याम्पसको सभापतिमा निर्वाचित प्रशंसा पौडेल, महेन्द्र मोरङको सचिवमा निर्वाचित सनिम ठकुरी सहित सदस्यहरुमा निर्वाचितहरुहरु लगायतको सहभागिता रहेको थियो ।