आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडौं, २६ चैत । स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १‚ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिवार बिहान पहाडी भूभागमा सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशमा भने सामान्यतः मौसम सफा रहने छ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।