विराटनगर ९ चैत । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको दोश्रो चौमासिक समीक्षा कार्यक्रम विहीबार विराटनगरमा सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरू र करूणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्रविधिक साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्ष २०७९–०८० को दोश्रो चौमासिक समीक्षामा मोरङ ८ र सुनसरीका ४ गरि १२ वटा स्थानीय उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य संयोजक, महिला तथा बालबालिका शाखा प्रमुख, लेखा अधिकृत र पालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा फोकल पर्सनले पालिकागत रुपमा प्रगतिहरु प्रस्तुत गरेका थिए ।
समीक्षा कार्यक्रममा अपाङ्गता रोकथाम तर्फ महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि शुभकामना कार्यक्रम सम्बन्धी अभिमुखिकरण, स्वास्थ्य संस्थामा गर्भवती महिलाहरुको दर्ता र अध्यावधिक, नव दम्पतीलाई शुभकामना कार्ड वितरण को अवस्था, फोलिक एसिड चक्कीको वितरण सम्बन्धी स्वास्थ्यकर्मीलाई अभिमुखीकरण र फोलिक एसिड को प्रभावकारिता बितरणको, जन्मजात अपाङ्गता पहिचानका लागि नवजात शिशुको जाँच तथा रेकर्ड र उपचारमा सहियोग, विद्यालयमा स्वास्थ्य परिक्षण गरी विकास हुन सक्ने अपाङ्गता रोकथाम गर्ने शिविर र उपचार , किशोर–किशोरीलाई प्रजनन स्वास्थ्य र अपाङ्गता रोकथाम सम्बन्धी शिक्षा, अपाङ्गता भएका ब्यक्तिहरुको बिषेशज्ञ चिकित्सकहरुद्वारा प्रारम्भीक स्वास्थ्य जाँच शिविर,तथा उपचार को अवस्था, भिडियो एक्सरे सेवा को बिस्तार (गर्भवती महिला हरुको लागि), अपाङ्गता भएका बालबालिकाहरुलार्ई पोषण सहयोग बारेमा प्रस्तुती गरेका थिए ।
अपाङ्गता पुनस्र्थापना तर्फ योजना तथा प्रोफाइल तयारी र अपांगता कार्डमा पहुच बर्तमान अवस्था बारे छलफल, सीपमुलक व्यवसायिक तालिम अपाङ्गता भएकाव्यक्तिलाई जीविकोपार्जनमा सहयोग सहयोगी सामाग्रीका लागि सहयोग र फिजीयोथेरापी केन्द्र स्थापना र संचालन र प्रभावकारिता अपाङ्गता भएका बालबालिका लाई विद्यालय भर्ना अभियान सहयोग, अपाङ्गता भएका व्यक्ति वा तिनका अभिभावकहरुको मिलिजुली समुहको गठन परिचालन र हाल सम्ममा कार्यक्रमबाट भएका मुख्यप्रगति, समस्या, चुनौती र आगामी दिनको कार्ययोजना र रणनीतिको बारेमा छलफलका साथै पालिकाको अनुभव अदान प्रदान गर्नु भएको करुणा फाउण्डेसनका कार्यक्रम अधिकृत राजीव चौधरीले जानकारी दिनुभयो ।
समीक्षा कार्यक्रमको समापनमा जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झा, सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बराल, प्रदेश स्वास्थ्य मन्त्रालय नीति, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहता, स्वास्थ्य कार्यलय मोरङकी झरना गिरी, राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी लक्ष्मी घिमिरे, करूणा फाउण्डेसन नेपाल प्रदेश कार्यालयका टीएलडी म्यानेजर सन्तोष घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।