महेन्द्र मोरङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पौडेल निर्वाचित

विराटनगर ७ चैत । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् । पौडेल एक हजार ६८९ मतसहित निर्वाचित हुँदा निकटमत प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादवले ७८४ मत प्राप्त गरे ।

अनेरास्ववियुका अध्यक्षका उम्मेदवार नविन पहाडीले ५९२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । स्ववियु सचिवमा अनेरास्ववियुका सनिम ठकुरी निर्वाचित भए । ९३७ मतसहित ठकुरी विजयी हुँदा नेविसंघ उम्मेदवार पूजा विश्वासले ७८६, अखिल क्रान्तिकारी उम्मेदवार आशिका लम्सालले ५१५ र अनेरास्ववियू उम्मेदवार निर्मल भण्डारीले ४४५ मत प्राप्त गरे ।

कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार स्वस्तिक बोहोरा निर्वाचित भए ।