विराटनगर ५ चैत । विराटनगर ४ मा रहेको अटिजम केयर सोसाईटी पाँचौं वर्षमा प्रवेश गरेको छ ।
अटिजम भएका बालबालिकाको थेरापीका साथै शिक्षा दिँदै आएको सोसाईटी चौथो वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेको हो । बार्षिकोत्सवका अवसरमा सोसाईटीले सरोकारवाला, अभिभावक तथा चिकित्सकवीचमा अन्तरक्रिया कार्यक्रम गरेको सोसाईटीका अध्यक्ष निधिरत्न बाँस्तोलाले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नबजात तथा बाल रोग विशेषज्ञ डा. सुमित घिमिरे, विराटनगर महानगरपालिका वडा नं. ४ का अध्यक्ष जितन थापा, अटिजम केयर सोसाईटीका सल्लाहकार कमिटी तथा संचालक समितिका पदाधिकारीहरु, अपाङ्ग महासंघ कोशी प्रदेशका जनवकालत प्रमुख लगायतको सहभागिता रहेको थियो ।