राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी

विराटनगर १३ फागुन । आगामी फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

कांग्रेस नेता पौडेलको प्रस्तावकमा सभापति शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जसपा नेता अशोककुमार राई र अब्दुल खान रहनु भएको छ । समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनु भएको छ । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन ।

एमाले नेता नेम्बाङको प्रस्तावकमा अध्यक्ष केपी ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनु भएको छ ।