विराटनगर २६ माघ । प्रदेश १ स्तरिय मानव अधिकार सञ्जालको अध्यक्षमा त्रिलोक न्यौपानेलाई चयन गरिएको छ ।
आज विराटनगरमा भएको सञ्जाल गठन तथा छलफल कार्यक्रमले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय प्रादेशिक समिति गठन गरिएको छ । मानवअधिकार सञ्जालको उपाध्यक्षमा धनपालथान गाउँपालिकाकी राधा पासवान, सचिवमा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापा, कोषाध्यक्षमा ओरेक विराटनगरकी सरस्वती दनुवार रहनु भएको छ । सञ्जालको सदस्यहरुमा मानव अधिकार निगरानी समूह सुनबर्षीका अध्यक्ष लक्ष्मण बुढाथोकी, मानव अधिकार निगरानी समूह रतुवामाईका अध्यक्ष तेजप्रसाद भण्डारी, मानव अधिकार निगरानी समूह देवानगञ्जका अध्यक्ष दिपनारायण चौधरी, मानव अधिकार निगरानी समूह जहदाका अध्यक्ष बुद्धदेव यादव रहनु भएको छ ।
मानव अधिकार सञ्जालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार भित्रका शिक्षा, स्वास्थ्य, खाध्य आवास र वातावरण अधिकार सहित विभेदका विषयलाई प्रदेश स्तरीय सरोकारवालाहरु समक्ष पुर्याउने र जिम्मेवारवालालाई जवाफदेही बनाउन निगरानी र खवरदारी गर्ने उद्देश्य रहेको सचिव सोमराज थापाले जानकारी दिनुभयो ।