संचार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य हुँदैन : कोइराला

काठमाडौं २४ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संचार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायलयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संचार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र संचार क्षेत्र लोकतन्त्रका आधारस्तम्भ हुन्। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन।’

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा कोइरालाले आउने उपनिर्वाचनमा चितवन क्षेत्र नंम्बर २ मा कांग्रेसले जसरी पनि जित्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताए ।