६ महिनामा पौने ६ खर्ब भित्रियो रेमिट्यान्स

विराटनगर २३ माघ । गत आर्थिक वर्षको तुलनामा चालू आवमा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स २४.३ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार पुस मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गर्दै रेमिट्यान्स ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ भित्रिएको जनाएको छ । गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि रेमिट्यान्स १३.९ प्रतिशतले घटेको छ । पुससम्म ४ अर्ब ५० करोड डलर भित्रिएको छ । गत आवमा नै ऋणात्मक रहेको शोधनान्तर भने पुस मसान्तसम्म आइपुग्दा करिब एक खर्बले बचतमा पुगेको छ। राष्ट्र बैंकका अनुसार शोधनान्तर बचत ९७ खर्ब १० करोड रुपैयाँ पुगेको छ ।

चालू खाता घाटा भने यथावत छ। यद्यपि गत आवको भन्दा घाटा कम हो । यसपालि २९ अर्ब ४७ करोड रुपैयाँ चालू खाता घाटामा छ। गत आवमा ३५३ अर्ब १६ करोड घाटामा थियो ।