विराटनगर १७ माघ । सीएनआई कोसी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विहीबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षे केपी शर्मा ओलीले उद्घाटन गर्ने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका–२ स्थित शंकरपुरमा माघ १९ देखि २८ गते सम्म सञ्चालन हुने अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी तयारी अन्तिम चरणमा पु¥याएको उहाँले बताउनुभयो ।
एक्स्पोमा बृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका ४०० जति स्टलहरु रहने बताईएको छ । प्रदेश १ को पर्यटन प्रवद्र्धनकालागि अनेकौं सम्भावनाको खोजीगर्ने र ती क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्य एक्स्पोको अर्को महत्वपूर्ण काम रहेको कार्यक्रम संयोजक राजेन्द्र राठीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ त्यसका लागि संसारकै अग्लो सगरमाथा देखि नेपालकै होचो क्षेत्र कचनकवलसम्मको हाम्रो भौगोलिकता र कोसी नदीको ऐतिहासिकतालाई आम अवलोकनकर्ताहरु माझ उजागर गरिएको छ । जसबाट राष्ट्रिय तथाअन्तराष्ट्रिय क्षेत्रबाट नयाँ लगानीकर्ताहरुलाई प्रोत्साहन मिल्ने र आकर्षण बढ्ने हामीले अपेक्षा लिएका छौं ।’ एक्स्पोहरुमा कहिल्यै सहभागीता नजनाएका वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औधोगिक क्षेत्रका ठुला उद्योग र उत्पादन ब्राण्डहरुको सहभागीता रहने उहाँले बताउनुभयो ।
एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरुबाट प्रतिनिधित्वगर्ने उद्योगी व्यवसायीहरुले समेत आफ्ना उत्पादनको प्रवद्र्धन गर्ने मौकाका रुपमा उपयोग गर्ने कार्यक्रम सहसंयोजक गिरिजा सारडाले बताउनुभयो । उहाँका अनुसार छिमेकी मुलुक भारतको बिहार, जोगबनी, बथनाह, फारवीसगञ्ज, अररीया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट ५० हजार माथि अवलोकनकर्ता आउने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो,‘ एक्स्पोलाई रोचक र ज्ञानबर्दक बनाउने उदेश्यले हामीले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गरेका छौं ।’
एक्स्पोमा सविन राई तथा उनको फारोह ब्याण्ड, राजु लामाको मंगोलियन हर्ट, अभया सुब्बा द स्ट्रिम इन्जिन्स ब्याण्ड, एकदेव लिम्बू, नितेशजंगकुँवर, समीर श्रेष्ठ, आशीषगुभाजुको अकेष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतकाकलाकारहरुका सांगितिक प्रस्तुति तय भइसकेको आयोजकले बताएको छ ।
एक्स्पोलाई नेपाल सरकारका कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नं. प्रदेश सरकार अन्तरगत उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत विराटनगर महानगरपालिका सहित रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका मोरङले एक्स्पो उत्साहजनक रुपमा अघि बढाउन प्रवद्र्धनमा सहयोग पु¥याएका छन् ।