विकास निर्माणमा राजनीति नगरौं : गच्छदार

विराटनगर, २५ चैत । नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विकास निमार्णको काममा राजनीति गर्न नहुने वताउनु भएको छ ।

सुनसरीको वर्जु गाउपालिका वार्ड न ४ मा निर्माण गर्न लागिएको वर्जु आधारभुत अस्पतालको आज शिलान्यास गर्नुहुदै उहाले संघियता कार्यान्वयनसंगै हरेक पालिकामा विकास निमार्णको कामले गति लिएको वताउनुभयो ।

संघियतालाई वलियो वनाउन जनचाहना अनुरुप विकास निमार्णको काममा जनप्रतिनिधी लाग्नुपर्नेमा उहाले जोड दिनुभयो । उहाले सिमावर्ती क्षेत्रसंग जोडिएको सुनसरी जिल्लाको दक्षिणीभेगमा सुविधा सम्पन्न अस्पताल नहुदा उपचारका लागी विराटनगर जानुपर्ने अवस्था रहेकाले यो अस्पताल संचालनमा आएपछि यहि अस्पतालवाट विरामीले गाउ घरमै सहज उपचार पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेता गच्छदार वैसाख–३० गते हुन लागेको स्थानिय तहको निर्वाचन निषपच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सवैको सहयोग अपरिहार्य रहेको उहाले वताउनुभयो ।

कार्यक्रमा वर्जु गाउपालिकाका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष संगिताकुमारी राय तथा वडाअध्यक्ष किशोर चौधरी तथा सम्पतलाल चौधरीले अस्पतालको निमार्ण कार्य समयमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।

२४ करोड रुपैयाका लागतमा निमार्ण हुने सो अस्पताल १५ सैयाको रहने र अस्पतालको निमार्ण कार्य आगामी दुइृवर्ष भित्रमा सम्पन्न हुने जनाइएको छ ।

अस्पतालका निमार्णका लागी स्थानिय जिवेश्वर यादवले १५ कठा १० धुर जग्गाा उपलव्ध गराउनु भएको वर्डा अध्यक्ष किशोर चौधरीले वताउनुभयो ।