विराटनगर २६ पुस । नेपाल ग्रामीण सामुदायिक सेवा केन्द्र कटहरी–६ थलाहाले सरस्वती आधारभूत विद्यालयका एक सय भन्दा बढी बालबालिकाहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ ।
कटहरी–६ स्थिति सरस्वती आधारभूत विद्यालयमा पुगेर संस्थाका अध्यक्ष पदमकुमार सरदारको नेतृत्वमा गएको टोलिले आज बालबालिकाहरुलाई कपडा वितरण गरेको हो । बाल बालिकाहरुलाई लक्षित गरेर सुईटर,टोपीलगायत जाडोको न्यानो कपडा वितरण गरेको अध्यक्ष सरदारले बताउनुभयो। मुन्दडा महेश्वरी मरवाडी मानव मैत्री परिवारको सहकार्यमा संस्थाले कपडा वितरण गरेको उहाँले जनाउनुभयो । जाडोको बेला संस्थाले सामाजिक क्षेत्रमा पु¥याएको योगदान निकै नै सराहनीय रहेको नेपाल सोनार समाज मोरङका सभापति महेश सोनारले प्रशंसा व्यक्तगर्नुभयो ।
संस्थाले गरेको मानवीय सेवामा सोनार समाजको पनि सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक पन्नालाल सरदार, कटहरी–६ का निवर्तमान वडाअध्यक्ष पृथ्विलाल सरदार, नेपाल बाँतर सरदार कल्याणकारीका केन्द्रीय सचिव शुभाष सरदार, नेपाल बाँतर सरदार समाज उत्थान केन्द्रका केन्द्रीय सदस्य सोनेलाल सरदार, कार्यक्रम संयोजक राजेश सरदार, समाजसेवी ईश्वर सरदार, मुन्दडा महेश्वरी मरवाडी मानव मैत्री परिवारको प्रतिनिधि मदन यादव , प्रधानाध्यापक रामसागर राजवंशी, विद्यालय व्यवसथापन समितिका अध्यक्ष आसा लाल सरदार र शिक्षक साजन सरदारलगायतले कपडा वितरण गर्नुभएको थियो । संस्थाले यस्तै सामाजिक काम गर्दै आईरहेको छ ।