इडेनवर्गका विद्यार्थीले मनाए विश्व स्वास्थ्य दिवस


विराटनगर, २५ चैत । अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवसको अवसरमा विराटनगरको इडेनवर्ग इन्टरनेशनल कलेजले सचेतनामुलक र्यालीको आयोजना गरेको छ ।

कलेजका विद्यार्थीको सहभागितामा भएको र्यालीले नगरपरिक्रमा गरेका थियो । विद्यार्थीले सचेतनामुलक सन्देश लेखिएका प्ले कार्ड बोकेर नगर परिक्रमा गरेका थिए ।

स्वास्थ्य संवन्धि सचेतना जगाउन विश्व स्वास्थ्य दिवस मनाईएको कलेजका प्रमुख मेधानन्द झाले जानकारी दिनुभयो । उहाले भन्नुभयो,‘ विद्यार्थीले कलेजको अध्ययन पुरा गरेपछि समुदायस्तरमा यसबारे सचेतना जगाउने सीप विकासका लागि विद्यार्थीको सहभागितामा कार्यक्रम गरिएको हो ।’

विद्यार्थीहरु वीना श्रेष्ठ, राम साहलगायतले समुदायस्तरमा स्वास्थ्य सचेतना जगाउन आवस्यक देखिएकाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।