पोर्चुगलमा व्यवसायसंगै समस्यामा परेका आप्रबासीहरुलाई पनि सहयोग गर्दै आएको छु : सुवेदी

पर्वत जिल्लाको सदरमुकाम कुश्मामा जन्मिएका बिक्की सुवेदी पेशाले व्यवसायी हुन् । हाल सुबेदी पोर्चुगल बस्छन् । करिब एक दशक देखि व्यवसाय गदै आएका सुबेदी पोर्चुगलकै कान्छा नेपाली व्यवसायिको रुपमा चिनिन्छन । सुबेदीले पोर्चुगल आएबाट नै समस्यामा परेका नेपाली तथा एसियनहरुलाई सहयोग गदै आएका छन् । नेपालमा आइटी अध्ययन गरेका सुबेदी आफ्नो एग्रीकल्चर कम्पनी संचालन संगसंगै हाल हेल्प डेक्स इनबाट विभिन्न समस्यामा परेका पोर्चुगलमा रहेका आप्रवासीहरुलाई सहयोग गर्दै आएका छन् । पोर्चुगलमा भएको झन्झटिलो कागजी प्रकृया तथा विभिन्न कारणबाट आएका आप्रवासीहरुको समस्यालाई पोर्चुगलको सरकारी निकायसम्म पुगेर नै समाधान गर्ने गरेका सुबेदी एनआरएन क्षेत्रीय समिति ओलेन्तेजोका उपाध्यक्ष पनि हुन् । उनै व्यवसायी तथा समाजसेवी सुबेदीसंग युरोपबाट उमा थापाले गरेको संक्षिप्त कुराकानी

हाल के मा व्यस्त हुनुहुन्छ ?
आफ्नै कम्पनी संचालन साथसाथै विभिन्न डकुमेन्टेसनको समस्यामा परेका नेपाली तथा आप्रवासीहरुलाई सहयोग गर्न मै व्यस्त छु ।

तपाइले आफ्नो कार्यक्षेत्र पोर्चुगल नै रोज्नुको कारण र पोर्चुगल आए पछि गर्नुभएका मुख्य कार्यहरु के के हुन ?
युरोपमा पढ्न तथा रोजगारीको शिलशिलामा नेपालीहरु आउने गर्छन । युरोपको सेन्जेन देशहरु मध्ये पोर्चुगलले आप्रबासीहरुको मामलामा अलि उदारता देखाएको छ । यहाँ प्रवेश गरे संगै कागजी केही प्रकृयाहरु पुरा गरेपछि अस्थायी बसोबास तथा कामको लागि अनुमति दिने र कर तिर्दै गएपछि केही निश्चित समयपछि अस्थायी रेसिडेन्सी कार्ड दिने साथै त्यो कार्ड पाएको ५ वर्ष पछि परमानेन्ट रेसिडेन्सी तथा राहदानी नै लिन निवेदन गर्न सकिने भएकोले सबैको चाहना युरोपको पि आर बनाउने,धन आर्जन गने उदेश्य अनुरुप पोर्चुगल नै कार्यक्षेत्र बन्न पुग्यो । पोर्चुगल आए पछि केही साथीहरु सँग मिलेर एग्रीकल्चर कम्पनि खोलियो र एग्रीकल्चरमा विभिन्न कामहरुमा कामदारहरु लगाइयो । मैले संचालन गरिरहेको ( Powerful prijm lda कम्पनिसम्म आइपुग्दा साथीहरुसंग मिलेर ३ वटा कम्पनिहरु संचालन गरियो ।जसमा ३ वटै कम्पनिमा गरेर २८००–३००० हाराहारीमा एसियन लगायत विभिन्न देशका कामदारहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । आफ्नो व्यवसाय संगसंगै नेपाली मात्र नभए र विभिन्न समस्यामा परेका आप्रबासीहरुलाई सहयोग गर्दै आएको छु । उद्धार गर्दै आइरहेको छु । हामी नेपाली भन्ने मुलनाराका साथ एनआरएन मार्फत संस्थागत सहयोग उद्धारका कार्यहरु गर्दै आइरहेका छौ । र अहिले हेल्प डेक्स इन पोर्चुगल हेल्प डेक्स इन पनि संचालन गरिरहेको छु ।

हेल्प डेक्स इन पोर्चुगल संचालन गर्नुको कारण ?
आफु पोर्चुगल आउदा ताका परेको कागजी समस्या सम्झदै यसरी समस्यामा परेकालाई कसरी सहज र समस्या मुक्त गर्न सकिन्छभन्ने सोच्ने गर्थे ।त्यही भावनाले पनि मलाई समाजसेवा तर्फ उन्मुख गराए जस्तो लाग्छ । पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भनेकोभाषा हो । यहा हरेक कार्यलयहरुमा भाषा बिना कुनै काम गरिदिदैन ।कि भाषा जान्ने लिएर आइज कि भाषा सिकेर आइज भनेरकाममा अल्झन लगाईदिन्छ । आफ्नो भाषा प्रति पोर्चुगिसहरु कठोर छन् । अर्काे कुरा आप्रवासीहरुले मिलाउनु पर्ने कागजी प्रकृयाहरु (डकुमेन्टेसन )जथाभावी हुनुले पनि धेरैजना समस्यामा परेका छन् । यहा केही व्यतिहरु केही संस्थाहरु डकुमेन्टेसनको काम गर्ने भएता पनि कतिले चाहीँ हो हो रे को भरमा अनुभव बिहिनहरुले गर्ने गरेको,कानुनी मापदण्डमा चाहिने कागजप्रत्रहरु नमिलाई दिने कारण धेरैले समस्याहरु भोगिरहेका छन् । साचो कुरा नबताइदिने ,सहिकागजपत्र नमिलाई दिने तथा नयाँ आउनेहरु ठगिने गरे को यस्ता धेरै गुनासोहरु आइरहेका कारण कानुनी मापदण्डमा रहेर बिश्वासिलो भरपर्दाे ,छिटोछरितो र सहज सेवा प्रदान गर्नेको लागि हेल्प डेक्स इन पोर्चुगल नै खोलेर आप्रवासीहरुको डकुमेन्टेसन तथा पोर्चुगलका विभिन्न सरकारी निकायहरुमा पर्ने समस्यालाई सरकारी निकायमै पुगेर न्युनिकरण तथा समाधान गर्नको लागि सहयोग मिलोस भन्नेहेतुले कार्यहरु गदै आइरहेको छु साथै मैले संचालन गरेको हेल्प डेक्सले , अनुमति सहित सहजै प्रबेशको वातावरण बनाउन लिगल इन्ट्री लिने, फिनान्सका सोसल अफिसका सम्पूर्ण कामहरू सहज रूपमा गराउने, बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्न, फिनान्स, सोसल, अस्पताल, फुन्दो, सेफ लगायतमा समय अनुमति लिन, नेपाल लगायतका विभिन्न मुलुकबाट पोर्चुगल आई समस्यामा परेको नागरिकको प्रहरी रिपोर्ट लिन, पारिवारिक भिसाको लागि अन्तवार्ताको समय निर्धारण गर्न र आधिकारिक कागजात तयार पार्न, बालबालिकाको विद्यालयमा भर्ना गर्ने प्रयोजनका लागि, ब्यापार ब्यावसाय दर्ता प्रकृयाका लागि, कागजात अनुवाद र प्रमाणिकरण गर्न, सरकारी कार्यालयमा भाषाको समस्यामा परेकाहरुलाई सहयोग गर्न, आप्रबासीहरुको बैक खाता खोल्न तथा कारोबार गर्ने प्रयोजनका लागि सहयोग, सेन्जेन भित्रका देशहरुका दुतावासहरुसँगको समन्वय र बिभिन्न समस्यामा परेका आप्रबासीहरुको समाधानका लागि दुतावासहरुसँग सेवा दिनका लागि समन्वयको भुमिका संस्थाले निरन्तर रुपमा गरिरहेको छ । सेवाहरुलाई सहज रुपमा नागरिकले लिन सकुन भन्ने उद्देश्यले संस्थाले कानुन ब्यवसायी, डाक्टरी तथा विद्यायलका लागि परामर्श लगायतको सेवा प्रदान गर्दै आएको छ ।

यी सबै कार्यहरु गर्ने आट कसरी गर्नु भयो ?
पहिलो कुरा त भोगाइ नै हो । त्यही भोगाइ संगसंगै सिकाइ र पढाई हो ।भाषा पढे, यहाको कानुन बारे अध्ययन गरे , काम कै शिलशिलामा यहाको सरकारी वकिलसङ रहेर केही समय सहयोगी बनेर काम गर्ने मौका पाए । त्यही काम गने दौरानमा यहाको कानुनी प्रकृयाको बारे अझ धेरै बुझ्ने मौका मिल्यो । त्यो मौका नै आज विभिन्न निकायहरुमा टेवलटक गर्नको लागि सम्भब भएको छ ।यहीँ भएर पनि होला धेरैको समस्याको समाधान गरेर मन जित्न सकिएको छ र सेवा गर्ने अवसर दिइ रहनु भएको छ।


पोर्चुगलमा आप्रवासीहरुको कस्ता कस्ता समस्या छन् ?
अलि पहिले तिर कामको समस्या थियो । अस्थायी रेसिडेन्सी कार्ड टिआरसी पाउनको लागि पनि ३,४ वर्ष लाग्थ्यो । अहिले पहिले भन्दाहरेक कुरामा सहज बनेता पनि आप्रवासीहरुको चापले गर्दा बस्ने घरको ठूलो समस्या छ । पहिले कार्ड पाउछ कि पाउदैन भनेर सोच्नु पर्थाे अहिले बस्न घर पाउँछ कि पाउदैन भनेर सोच्न पर्ने दिन आएको छ । पहिलेको तुलनामा दोब्बर रकममाथी घर रुममहरु तिर्नुपर्ने भएको छ। महंगिको अनुपातमा सेलरीको बृदि भने अति नै न्युन छ । यहा आप्रवासी हेर्ने सरकारी निकाय सेफ (Serviço de Estrangeiros e Fronteiras) बाटै जिल्ला अनुसार आ आफ्नो फरक फरक डिसिजन गर्ने गरेको कारण कहा कस्को कसरी काम हुने भन्नेमा पनि अन्योल रहेको छ । अझ अहिले त पोर्चुगलमा इलिगल बाटो हुदै आउनेको लस्कर नै छ । रातारात महिना दिन लगाएर आउने गर्छन् । त्यसरी आउदा बाटोमा पासपोर्टहरु पुलिसले समाइ दिने, कति आफैले फ्याकेर, च्यातेर आउने हुदा पोर्चुगल आइसके पछि विभिन्न समस्यामा पर्ने गर्छन् । पोर्चुगलमा नेपाली राजदुतावास नहुनाले र फ्रान्स स्थित राजदुतावासले हेर्ने भएकोले अहिले E-passport ले झनै गाह्रो बनाएको छ। पासपोर्ट बनाउन स्वयम मान्छे नै फ्रान्स पुन्नु पर्ने हुन्छ । तर उनि हरुसंग कुनै आधिकारिक डकुमेन्ट नभएको कारण फ्रान्स राजदुतावाससम्म जान सक्दैनन् । अहिले यो बिकराल समस्याको रुपमा आइरहेको छ ।

पोर्चुगलमा नेपालीहरुका समस्या समाधान गर्ने के के गर्नु पर्ला ?
सबैभन्दा पहिले हामी नेपालीहरु नै एकजुट हुन पर्याे । यहा मान्छे पिच्छेका फरक फरक कुराले नया आउनेहरुले कस्को कुरा बिश्वासगर्ने ? सहि सुचना प्रवाह नहुनु, मनगणन्ते सुचना प्रवाह हुनु,नयाँहरुलाई उचित परामर्श नदिई फसाउनु ,लिगल प्रकृयाबाट कामनगरी दिने काम गरे जस्तो बाहानामा पैसा लिने तर काम नै नगर्ने तथा सम्पर्क बिहिन भैदिने प्रवृतिबाट धेरैले दुःख पाइरहेका छन् ।नेपालीहरुको समस्या सुन्ने निकाय राजदुतावास पोर्चुगलमा छैन । ४० हजार भन्दा माथी नेपालीहरु रहेको देशमा राजदुतावास नहुनुनेपाल सरकारको लागि पनि लज्जास्पद बिषय हो । हामीहरुले एनआरएन लगायतका संस्थाहरुबाट संस्थागत रुपमा पनि धेरै पटक ज्ञापन प्रत्र बुझाइ सकेका छौ र पनि कुनै चासो दिइएको छैन। राजदुतावासका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

पोर्चुगल का रास्ट्रपतिलाई नि भेट्नु भयो होइन ?
हो । पछिल्लो समय मैले आट गरेर पोर्चुगलको राष्ट्रपति Marcelo Rebelo de Sousa सँग भेटघाट गरे । भेटघाटमा पोर्चुगलमा भएका नेपालीहरुको समस्याको समधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा र करिब ४०र५० हजार नेपालीहरु बसोबास गर्ने पोर्चुगलमा नेपाली राजदुतावास नहुदा आप्रवासी नेपालीहरू समस्यामा रहेको बारे जानकारी गराउदै पोर्चुगलमा पनि नेपालीराजदुतावास कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा राष्ट्रपति संग कुरा भएको छ । उहाँ आप्रवासीको सिलसिलामा सकारात्मक हुनुन्छ र सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ । आशा गरौ छिटोभन्दा छिटो बाचा पुरा गर्नु हुने छ भन्ने आशा छ ।