एमालेको प्रमुख सचेतकमा भण्डारी

विराटनगर, २१ पुस । नेकपा (एमाले) प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन हुनु भएको छ । प्रमुख सचेतक चयनका लागि एमाले संसदीय दलको बैठक आज बसेको थियो ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाई एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रमुख सचेतक नियुक्त गर्नु भएको हो । भण्डारी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीबाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ एमाले सुनसरीका अध्यक्षसमेत हुनुुहुन्छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद (प्रदेशसभा सदस्य) रहेका छन् ।

प्रदेशको ठूलो दल एमालेबाट प्रदेशसभामा २५ जना प्रत्यक्ष र १५ जना समानुपातिक सांसद रहेका हुन् ।