विराटनगर ३ पुस । विराटनगर ८ का २४१ जनाको आँखा परीक्षण गरिएको छ ।
विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पतालले संयुक्तरुपमा आयोजना गरेको नि : शुल्क आँखा शिविरमा २४१ जनाको आँखा परीक्षण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ७२ जनामा मोतियाविन्दु देखिएको छ । मोतिया विन्दु देखिएका वडावासीहरुको तेज कोहली एण्ड रुइत फाउण्डेसनसँगको आर्थिक सहयोगमा रामलाल गोल्छा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने वडाध्यक्ष पोखरेलले बताउनुभयो ।
विराटनगर ८ ले जेष्ठ नागरिकको रक्तचाप तथा मधुमेहको पनि नियमित परीक्षण गर्दै आएको छ ।