विराटनगर महानगरका निर्णय हचुवाका भरमा भएको भन्दै एमालेको आपत्ती

विराटनगर २९ पुस । नेकपा एमाले विराटनगरले महानगरका निर्णय हचुवाका भरमा हुने गरेको भन्दै आपत्ती जनाएको छ । महानगर अध्यक्ष सागर थापाले अध्ययन, अनुसन्धान विनै महानगरले निर्णय गर्ने गरेको भन्दै आपत्ति जनाउनु भएको हो ।

महानगरमा नयाँ नेतृत्व आएदेखि नै हचुवाका भरमा निर्णयहरु हुँदै आएको एमाले महानगर कमिटी अध्यक्ष थापाले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा थापाले महानगरका पछिल्ला निर्णयहरु हचुवाका भरमा भईरहेको बताउनुभयो । अध्यक्ष थापाले महानगरले ल्याएको स्वतेपत्रको पनि आलोचना गर्नुभएको छ । सरोकारवाला, विज्ञहरुसँग सल्लाह, छलफल नै नगरी श्वेतपत्र ल्याएको उहाँको भनाई छ । अध्यक्ष थापाले भन्नुभयोे,‘ खुल्ला र पारदर्शी समाजमा जथाभावी गर्ने कामले समर्थन पाउदैन । ’

महानगरमा कर्मचारीलाई परिबन्धमा पार्ने, हटाउने मापदण्ड बिना सरुवा गर्ने काम भएको एमाले अध्यक्ष थापाको भनाई छ । ओएण्डएम नगरि हचुवाका भरमा सरुवा, बढुवा र कर्मचारी हटाउने काम राम्रो नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयोे,‘ महानगरले निर्णय गर्नु अघि आफु निर्वाचित भएपछि नियुक्त भएका व्यक्ति कुन कानुनमा टेकेर गरिएको हो त्यो पनि जनताले थाहा पाउनु पर्छ ।’ आफुखुशी कृषि, गैरकृषि क्षेत्र भनेर हचुवाका भरमा निर्णय गरिएकोमा उनले आपत्ती जनाउनु भउको छ । महानगरको विकास सुस्तगतिमा भईरहेको र फोहोर मैला ब्यवस्थापनमा महानगरको ध्यान पुग्न नसकेको एमाले अध्यक्ष थापाले बताए ।

महानगरको कार्यपालिकामा एमालेको उपप्रमुख सहित बहुमत भएपनि हचुवाका भरमा गरिने निर्णयमा एमालेबाट निर्वाचित जनप्रतिनिधि चुपचाप बसेको आरोप लाग्ने गरेको छ ।