माईती नेपालका पोखरेललाई मानव अधिकार सम्मान

विराटनगर २४ मंसिर । माईती नेपालका मोरङ संयोजक विनोद पोखरेललाई मानव अधिकार सम्मान प्रदान गरिएको छ ।


७४ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसको आवसरमा आज विराटनगरमा राष्ट्रिय मानव अधिकार आयोग विराटनगर, गैरसरकारी संस्था महासंघ मोरङ, मानव अधिकार सञ्जाल विराटनगर, मामनव अधिकार रक्षक परिषद् प्रदेश १ र महिला मानव अधिकार रक्षक सञ्जालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा माईती नेपालका संयोजक पोखरेललाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झा लगायतले सम्मानित गर्नुभएको थियो ।

माइती नेपाल संस्था मार्फत लामो समय देखि पोखरेलले मानव बेचविखन तथा ओसारपसार र लैङ्गिक हिंसा नियन्त्रणका लागि काम गर्दै आउनु भएको छ ।

मानव अधिकार सम्मानले अधिकारको क्षेत्रमा काम गर्न थप उत्साह मिलेको पोखरेलले बताउनुभयो । मानव अधिकार सम्मानबाट यसअघि ११ जना अधिकारकर्मीहरु सम्मानित भईसक्नु भएको छ ।

सोही कार्यक्रममा महिला अधिकारकर्मी प्रतिक्षा वस्नेतलाई पनि सम्मानित गरिएको थियो ।