मोरङका तीन जनप्रतिनिधि सम्मानित

विराटनगर २३ मंसिर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मोरङले तीन पूर्व पदाधिकारीलाई सम्मानित गरेको छ ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभामा निर्वाचित तीन पदाधिकारीहरुलाई आज सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित योगेन्द्र मण्डल, प्रदेश सभा सदस्यमा निर्वाचित गणेश उप्रेती ‘सुशिल’ र कटहरी गाउँपालिकाका अध्यक्ष्मा निर्वाचित देवराज चौधरी रहनु भएको छ । उहाँहरु तिनै जनाा परियोजनाको धान तथा माछा जोनमा पदाधिकारीको रुपमा कृषि उत्थानका निम्ति योगदान दिई सकेको ब्यक्ती रहनु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय एकाइ मोरङका कार्यालय प्रमुख बरिष्ठ कृषि अधिकृत मनोजकुमार यादवले जानकारी दिनुभयो ।

परियोजनाका प्रमुख यादवले कृषि क्षेत्रमा लामो अनुभव भएका ब्यक्तीत्वहरु मोरङबाट स्थानिय तह देखी,प्रदेश र संघमा निर्वाचित भएकाले समय सापेक्ष कृषि नीति परिवर्तन गर्न उल्लेखनिय भुमिका खेल्नेमा विश्वास ब्यक्त गर्नुभयो ।